शुक्रबार, असार १४, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • देवकोटालाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

देवकोटालाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 |  सोमबार, असार १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१

काठमाडौं- सर्वोच्च अदालतले फणीन्द्र देवकोटालाई कारबाही गर्ने गण्डकी प्रदेश सभाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

triton college

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सोमबार कारण देखाऊ आदेशका साथै कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो। यो आदेशसँगै उनलाई प्रदेश सभा सदस्यका रूपमा काम गर्न बाटो खुलेको छ।

गण्डकी प्रदेश सभाको माननीय सभामुखको निर्णय तथा सूचना कार्यान्वयन भएमा निवेदकले जनप्रतिनिधिको हैसियतमा भूमिका निर्वाह गर्न नसक्ने भई अपूरणीय क्षति पुग्ने अन्तरिम आदेशमा भनिएको छ।

'रिट निवेदनको टुङ्गो नलागेसम्म मिति २०८१ जेठ ३२ को गण्डकी प्रदेश सभाको माननीय सभामुखको निर्णय तथा सूचना कार्यान्वयन नगर्नू/नगराउनू तथा निवेदकलाई गण्डकी प्रदेश सभाको सदस्यको हैसियतमा कार्यरत रहन दिनू,' अन्तरिम आदेशमा उल्लेख छ।

प्रकाशित: Jun 24, 2024| 17:54 सोमबार, असार १०, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्