मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • निलम्बित मुख्य सचिव अर्याललाई विशेष पद सिर्जना गरी योजना आयोगमा सरुवा

निलम्बित मुख्य सचिव अर्याललाई विशेष पद सिर्जना गरी योजना आयोगमा सरुवा

 |  सोमबार, असार १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१

सरकारले निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ।

National life

सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले निलम्बित मुख्य सचिव अर्याललाई योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो। 

मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका मुख्यसचिव अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुनबमोजिम निज स्वतः निलम्बन भएको बताइन्। 

उनले हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सिर्जना गरी उनलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको जानकारी दिइन्।

अन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 24, 2024| 11:47 सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्