शनिबार, भदौ ६, २०८३

राजदूत सिफारिसका लागि रास्वपाले माग्यो आवेदन

 |  सोमबार, असार १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाउँदै इच्छुकबाट आवेदन मागेको छ।

पार्टीको अन्तराष्ट्रिट सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको हो। 

सोही मापदण्डका आधारमा रास्वपाले सर्वाजनिक सूचना जारी राजदूतका लागि आवेदन मागेको हो। आएका आवेदनको अन्तिम सूचीबाट योग्यता क्रमका आधारमा रास्वपा सचिवालयको अनुमोदनपछि नियक्तिको सिफारिस गरिनेछ।

असार ६ मा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबिीच राजदूतमा भागबण्डा भएको थियो। सोही अनुसार सरकारले असार ७ मा ८ देशका लागि राजदूत सिफारिस गरेको थियो। 

एमालेबाट ५, अशोक राई नेतृत्वको जसपाका २ र माओवादीका १ जना राजदूतमा सिफारिस भइसकेका छन् भने रास्वपाको भागमा परेको दुई र माओवादीको भागका १ जनाको सिफारिस हुन बाँकी छ।

प्रकाशित: Jun 24, 2024| 11:06 सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्