मंगलबार, साउन १२, २०८३

पुस १० गते सार्वजनिक बिदा दिन ख्रीष्टियनको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- राष्ट्रिय ख्रीष्टियन महासंघले यही पुस १० गते अर्थात् डिसेम्बर २५ मा सार्वजनिक बिदाको माग गरेको छ । 

राजधानीमा पत्रकार सम्मेलन गर्दै महासङ्घका अध्यक्ष सिवी गहतराजले ख्रीष्टियन समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा वर्षमा एक दिन बिदा दिन माग गरेका हुन् । दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकामा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ । 

देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ । सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासङ्घले अघि सारेको छ । 

महासङ्घले गत महीना सम्पन्न गरिएको एशिया प्यासिफिक समिटले आफ्नो समुदायको भावनामा गम्भीर चोट पुर्‍याएकाले सरकारले त्यसको समीक्षा गर्नुपर्ने जनाएको छ । बाइबलको मर्मविपरीत गठन भएको उक्त संस्थाले मुलुकमा अस्तित्वमा रहेका सबै धर्मावलम्बीसँग सद्भाव साटेर बसेका नेपाली क्रिश्चियन समुदायलाई बदनाम गरेको अध्यक्ष गहतराजले बताए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।