मंगलबार, पुस ८, २०८२

साउदीमा १३ सय हज यात्रीको मृत्यु

 |  सोमबार, असार १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१

साउदी अरेबियामा यस वर्षको हजको समयमा कम्तीमा १३ सय जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ज्यान गुमाउनेमा धेरैजसो अनधिकृत तीर्थयात्री छन्।

National life

हज गर्न विशेष हज भिसाको लागि आवेदन गर्नुपर्छ। तर कतिपय व्यक्ति वैध कागजात बिना नै हज यात्रामा जान खोज्छन्। तीव्र गर्मीमा लामो दूरी हिँडेकाहरुको मृत्यु भएको बताइएको छ। 

हज यात्रा गर्न गएका अधिकांशको मृत्युको कारण अत्यधिक गर्मीलाई मानिएको छ। साउदीमा हजको समयमा ५१ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थियो।

हज यात्राका क्रममा इजिप्टका मात्रै ६५८ नागरिकको मृत्यु भएको छ। इन्डोनेसियाली २०० भन्दा बढी नागरिकको मृत्यु भएको छ भने भारतबाट गएका ९८ जनाको मृत्यु भएको छ।

पाकिस्तान, अमेरिका, मलेसिया, जोर्डन, इरान, सेनेगल, ट्युनिसिया, सुडान र इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रका नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ।

Laxmi sunrise bank
kumari

कतिपय हराइरहेका छन्। साथीभाइ र आफन्तहरू अस्पतालमा आफ्ना हराएका प्रियजनको खोजी गरिरहेका छन्। हज मुस्लिमहरूको सबैभन्दा ठूलो धार्मिक पर्व हो। यसलाई इस्लामको पाँच आधारभूत आधारमध्ये एक मानिन्छ।

हरेक वर्ष निश्चित समयमा विश्वभरका मुस्लिम हज गर्न साउदी अरेबियाको मक्का जाने गरेका छन्। साउदी अरेबियाका अनुसार यो वर्ष करिब १८ लाख मानिसले हज गरेका छन्।

प्रकाशित: Jun 24, 2024| 09:49 सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्