मंगलबार, पुस ८, २०८२

साढे १५ करोडको लागतमा बिर्तामोड-शनिश्चरे सडक कालोपत्र

 |  सोमबार, असार १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१

झापा- झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ। 

National life

पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिएका हुन्।

‘बहुवर्षे योजनाअनुसार सडक निर्माण  भइरहेको छ’, उनले भने, ‘मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ।’ बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ। कालोपत्रको मोटाइ ४० सेन्टिमिटर रहने उनले बताए। 

सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए। सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन्। 

‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्र सुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए। ‘सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो,’ उनले भने, ‘सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो।’

Laxmi sunrise bank
kumari

सडक कालोपत्रका लागि रु २५ करोडको कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले रु १५ करोड ५० लाखमा ठेक्का लिएको छ।

प्रकाशित: Jun 24, 2024| 08:31 सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्