शुक्रबार, असार १४, २०८१

तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना

 |  सोमबार, असार १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१

काठमाडौं- देशका केही भू–भागमा आगामी तीन दिन वर्षा हुनेछ। कोशीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ। काठमाडौं उपत्यकामा आजसँगै मंगलबार र बुधबार पनि वर्षा हुनेछ।

triton college

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि केही स्थानमा वर्षा भइरहेको छ। कोशी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानमा साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। 

मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ। 

गए राति सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण मेलम्ची नदीको जलसतह बढेको छ। त्यसैले नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Metro Mart

मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। 

विभागका अनुसार राति कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थानमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। बुधबार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राती कोसी, मधेस, वाग्मती प्रदेशका धेरै स्थानमा गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। 

हाल कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ। बाँकी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। 
 

प्रकाशित: Jun 24, 2024| 07:27 सोमबार, असार १०, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्