सोमबार, साउन ११, २०८३

टिपरको ठक्करबाट चौधरीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपालगञ्ज- टिपरको ठक्करबाट बर्दियाको बढैयाताल–८ कण्ठपुर चोकमा एक जनाको मृत्यु भएको छ । 

नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे १ क ९८८ नंको टिपरको ठक्करबाट बिहीबार राति बढैयाताल गाउँपालिका–८ मयुँर बस्तीका ६० वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो । 

घरतर्फ फर्कँदै गरेका उनको तीव्रगतिमा आएको सो टिपरले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । 

शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । चालक गेरुवा गाउँपालिका–३ का ३५ वर्र्षीय सुनील चौधरीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।