मंगलबार, पुस ८, २०८२

उत्कृष्ट प्राकृतिक गन्तव्यको सूचीमा काठमाडौं

 |  आइतबार, असार ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ९, २०८१

काठमाडौं- अमेरिकी अनलाइन ट्राभल एजेन्सी ट्रिप एडभाइजरले काठमाडौं शहरलाई यस वर्षको उत्कृष्ट प्राकृतिक गन्तव्यको रूपमा सूचीकृत गरेको छ। सूचीको शीर्ष स्थानमा काठमाडौं परेको छ।

National life

आफ्नो साइटमा ट्रिप एडभाइजरले काठमाडौँलाई चारैतिर पहाडले घेरेको, ऐतिहासिक स्थल र प्राचीन मठ–मन्दिर भएको शहरका रूपमा वर्णन गरेको छ।

यो सूचीको दोस्रो स्थानमा भियतनामको हालोङ बे छ। इजिप्टको हुर्घदा तेस्रो र मरिसस चौथो स्थानमा छन्। त्यस्तै इन्डोनेशियाको लोम्बोक पाँचौँ बेस्ट नेचर डेस्टिनेसन रहेको छ। अमेरिकाको काउआई छैटौं स्थानमा छ। 

जन्जिबार टापु सातौं स्थानमा छ भने ग्रयाण्ड केम्यान आठौँ स्थानमा छ। गुआडेलउपे सूचीको नवौँ स्थानमा र दक्षिण अफ्रिकाको क्रुगर नेसनल पार्क १० औँ स्थानमा छ।

प्रकाशित: Jun 23, 2024| 19:08 आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्