शनिबार, भदौ ६, २०८३

आफैं फस्ने डरले गृहमन्त्रीले जीबी राईलाई पक्राउ गर्न खोजेनन्: महत

 |  आइतबार, असार ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ९, २०८१

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको बताएका छन्। आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले गृहमन्त्रीले अहिलेसम्म बोलेका कुराहरू कुनै पनि दिगो र सत्य नभएको दाबी गरे। जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्ने कुरा धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको बताए।

उनले जीबी राईलाई पक्राउ गर्ने बाटोमा गृहमन्त्री नदेखिएको बताउँदै पक्राउ गरी अनुसन्धान भए आफैँ फस्न सक्ने डर रहेको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि धेरै कुरा बोल्ने, विश्वास दिलाउने तर काम नगरेको बताए।
 

प्रकाशित: Jun 23, 2024| 19:02 आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्