शनिबार, असोज १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सहकारीको समस्या नसुध्रिएसम्म बैंकको खराब कर्जा कम हुँदैन: गभर्नर अधिकारी

सहकारीको समस्या नसुध्रिएसम्म बैंकको खराब कर्जा कम हुँदैन: गभर्नर अधिकारी

 |  आइतबार, असार ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ९, २०८१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न नसक्ने बताएका छन्।

triton college

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा गभर्नर अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्न ढिला भइसकेको पनि बताए।

ग्रामिण क्षेत्रमा बैंक र सहकारी छुट्टै भएपनि कारोबारसँग अन्तरसम्बन्ध रहेको गभर्नर अधिकारीको भनाइ थियो। उनले बैंकहरूमा खराब कर्जा बढ्नुको कारण प्रभावकारी नियमन र रिफर्म भएको दाबी गरे। बैंकहरूलाई पारदर्शी बनाउनको लागि बैंकहरूको खराब कर्जा बाहिर ल्याउन आवश्यक रहेको उनको भनाइ थियो।

गभर्नर अधिकारीले भने, ‘सहकारीको विषयमा सोच्न अबेला भइसकेको छ। अर्थतन्त्र सुस्त हुनुमा सहकारीको ठुलो भूमिका छ। मुलुकको अर्थतन्त्रमा सहकारीको भूमिका धेरै ठूलो छ। राज्यले तीनखम्बे अर्थनीति लिएसँगै सहकारीलाई अर्थतन्त्रको एउटा खम्बा बनाएपछि सर्वसाधरणहरूको विश्वास सहकारीमा भयो। अनरेगुलेटेड र सेल्फ रेगुलेटेड हिसाबले सहकारी अगाडि बढे पनि कतिपय सहकारीहरू बैंक जस्तै गरी अगाडि बढे। जसलाई राष्ट्र बैंकले आजभन्दा ३० औं वर्षअगाडि यी संस्था रेगुलेटेड हुनुपर्छ भन्दै आएका हौं। सेकेण्ड टेयर नियमनकारी निकायका विषयमा पनि बहस गर्दै आएका हौं। सहकारी नियमनका लागि विशिष्टिकृत दोस्रो दर्जाको नियमनकारी निकाय चाहिन्छ। त्योमार्फत सुपरभिजन गर्नुपर्छ। यो विषयमा सरकारसँग स्पष्ट राय राखेका छौं।'

गभर्नर अधिकारीले समस्याग्रस्त सहकारी नियमन गर्न छुट्टै व्यवस्थापनको आवश्यकता पर्ने बताए। उनले त्यस्तो गरिएमा बचतकर्ता सहकारी विभाग र मन्त्रालयमा आफ्ना माग राखेर धाउनु नपर्ने बताए। उनले भने, 'समग्र सहकारीको नियमनको लागि विशिष्टिकृत दोस्रो दर्जाको नियमनकारी निकाय खडा गरौं। त्यसपछि संविधान अनुसार तीन तहगत रुपमा अनियमन गर्नुहुन्छ। सहकारीमा देखिएका समस्या छलफल र बाहिर कराएर मात्रै हुँदैन। अहिले हामी सहकारीको समस्या समाधान भन्दा पनि समस्या स्वीकार गर्न खोजिरहेको देख्छौं। जति सक्दो चाँडो विशिष्टिकृत दोस्रो दर्जाको नियमनकारी निकाय बनाउनु छ। सहकारीका समस्या समाधान नभएसम्म अर्थतन्त्र र बैंकको खराब कर्जासमेत कायम रहन्छन्।'

Metro Mart
vianet

बैंकहरूको जोखिमपूर्ण सम्पतिको व्यवस्थापन गर्न एसेट म्यानेजमेण्ट कम्पनी बनाउने ठूलो मेहनत चाहिने गभर्नर अधिकारीको भनाइ थियो। 

प्रकाशित: Jun 23, 2024| 18:49 आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्