मंगलबार, पुस ८, २०८२

सांसदहरु बैठकमै मोबाइल गेममा व्यस्त भएपछि...

 |  आइतबार, असार ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ९, २०८१

मधेश प्रदेश सभामा विधेयकमाथि चलफल चलिरहँदा सांसदहरू मोबाइलमा व्यस्त भएपछि सभामुखले रुलिङ गर्नुपरेको छ। 

National life

आज प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भइरहेको थियो। छलफल चलिरहँदा उपस्थितमध्ये अधिकांश सांसद मोबाइलमा व्यस्त थिएए। प्रदेश सभामा मोबाइल निषेध भए पनि त्यसको पालना भएको थिएन।

सांसदहरू कोही मोबाइल गेम (क्यान्डिक्रस) मा व्यस्त थिए त कोही सोसल मिडिया हेरेर समय कटाइरहेका थिए। सांसदहरुले सदनको मर्यादा उल्लंघन गरेपछि सभामुख रामचन्द्र मण्डलले रुलिङ नै गरेका थिए। उनले भने, ‘मोबाइल कि त स्वीच अफ गर्नुपर्‍यो कि त साइलेन्ट गर्नुपर्‍यो। मोबाइल चलाएर गेम खेल्ने काम कृपया नगर्नुहोला।’

सभामुख मण्डलले रुलिङ नगर्नुपर्ने विषय भए पनि गर्नुपरेको भन्दै यसलाई गम्भीरतापूर्वक लिन सांसदहरुलाई निर्देशन दिए। उनले मोबाइल बैठकमा नचलाउन यसअघि पनि पटक पटक रुलिङ गरेका थिए।

प्रकाशित: Jun 23, 2024| 18:45 आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्