शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अन्त:शुल्क स्टिकर खरिद प्रकरण : मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अन्त:शुल्क स्टिकर खरिद प्रकरण : मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 |  आइतबार, असार ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ९, २०८१

काठमाडौं- अन्त:शुल्क स्टिकर खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सञ्चारसचिव तथा अहिलेका बहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालसहितका अन्य पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको छ। 

सुरक्षण मुद्रण केन्द्रले स्टिकर छपाइका क्रममा अनियमितता गरेको र केन्द्रको अध्यक्षका रुपमा तत्कालीन सचिव अर्याल, केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा अन्य विषयमा दोषी ठहर भइसकेका विकल पौडेलसहितलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो। 

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सहमतिमा छापइको काम केन्द्रले लिएको थियो। तर केन्द्र आफैले नछापी निजी कम्पनीबाट स्टिकल छाप्ने भन्दे टेन्डर गरेको थियो। 

प्रकाशित: Jun 23, 2024| 16:12 आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्