मंगलबार, जेठ २७, २०८२

सहकारी ठगी प्रकरणमा जोडिएका जीबी राईलाई पक्राउ गर्न सांसदको माग

 |  आइतबार, असार ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ९, २०८१

vianetvianet
National life insurance

काठमाडौं- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जीबी राईलाई पक्राउ गर्न माग गरेका छन्। उनले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा गुनासो गरे।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै आकस्मिक समयमा सांसद शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी ठगी प्रकरणमा जोडिएका राईको लोकेशन पत्ता लागिसकेको भन्ने जानकारी दिएको सन्दर्भ जोड्दै तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे। 

उनले सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा सहभागी प्रहरी अधिकारीलाई सरुवा गरिएकामा आपत्ति प्रकट गरे।

प्रकाशित: Jun 23, 2024| 13:57 आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्