सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : दुई अर्ब भ्रष्टाचारको आरोपमा पूर्वगर्भनरविरुद्ध मुद्दा

आजका अखबार : दुई अर्ब भ्रष्टाचारको आरोपमा पूर्वगर्भनरविरुद्ध मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– राजधानीबाट प्रकाशित शुक्रबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले अख्तियारले पूर्वगभर्नर तिलक रावलविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० रुपैयाँ दरका पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तीनजनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नोट छपाइ प्रकरणमा रावलसहित राष्ट्र बैंक नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर गरेको हो। पाँडे नोट छाप्ने अस्टेलियन कम्पनीका नेपाल एजेन्ट हुन्।

१० रुपैयाँ दरका पाँच करोड थान पोलिमर नोट अस्ट्रेलियामा छपाइ गर्दा भ्रष्टाचार गरेको अभियोगमा आयोगले तीनजनासँग दुई अर्ब २३ करोड २९ लाख ६ हजार ६ सय ६६ रुपैयाँ ७४ पैसा बिगो दाबी गरेको छ। 

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले पूर्वगभर्नर रावलविरुद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा मुख्य समाचार छापेको छ । अन्नपूर्ण पोस्ट्ले भने पोलिमर प्रकरण अदालतमा शीर्षकमा खबर लेखेको छ । पासपोर्ट बनाउन कपालमा जुत्ताको पलिस शीर्षकको स्टोरीलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ ।

भ्रष्टाचारको आरोपमा पूर्वगभर्नरविरुद्ध मुद्दा चलाइउको विषयलाई एङ्कर न्यूज बनाएको आजको कान्तिपुरले कांग्रेसमा झने किचलो बढेको विषयलाई मुख्य समाचार बनाएको छ ।  सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयको प्रस्ताव पेश गरेपछि विवाद झनै बढेको हो ।

देउवाको प्रस्तावको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले कडा प्रतिवाद गरेको समाचारमा उल्लेख छ । शीर्ष नेताहरुको विवादका कारण महासमिति बैठक नै अन्योलमा परेको छ । 

यस्तै कान्तिपुरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आगामी ७ वर्ष भित्र निजी स्कूललाई सार्वजनिक विद्यालयमा रुपान्तरण गर्ने गरि काम गर्न सुझाव दिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । आयोगले निजी स्कूललाई नाफामुक्त बनाउनु पर्नेमा जोड दिएको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।