मंगलबार, पुस ८, २०८२

सर्वोच्च अदालतले उल्ट्यायो र्‍यापर मृत्युदण्डको सजाय

 |  शनिबार, असार ८, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार ८, २०८१

तेहरान – इरानको सर्वोच्च अदालतले महसा अमिनीको मृत्युपछि देशव्यापी प्रदर्शनलाई समर्थन गरेको आरोपमा जेल परेका चर्चित र्‍यापर तूमाज सालेहीको मृत्युदण्डको सजाय उल्ट्याएको छ।

National life

‘सालेहीको मृत्युदण्डको सजाय उल्टाइएको छ,’ सालेहीका वकिल अमिर रायसियनले एक्समा लेखेका छन्। सर्वोच्च अदालतले पुनः सुनुवाइको आदेश दिएको उनले बताए।

‘सर्वोच्च अदालतले अपूरणीय न्यायिक त्रुटिलाई रोकेको छ,’ रायसियनले भने। अदालतले सालेहीको अघिल्लो सजाय (६ वर्ष र तीन महिना) पनि अपराधको बहुलताको नियमको पालनाबिना नै भएको फैसला सुनाएको थियो।

गत अप्रिलमा इरानी अदालतले सालेहीलाई ‘राष्ट्रिय सामाजिक र राजनीतिक सुव्यवस्थालाई खलल पार्ने आचरण’ गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो।

उनलाई राजद्रोह, भेला र मिलेमतोमा सहयोग गरेको, राज्यविरुद्ध सङ्गठित प्रचार गरेको र दङ्गा निम्त्याएको आरोप पनि लगाइएको वकिल रायसियनले बताए। प्रहरी हिरासतमा सन् २०२२ अक्टोबरमा अमिनीको मृत्युपछि सुरु भएको प्रदर्शनको सार्वजनिक समर्थन गरेपछि ३३ वर्षीय सालेहीलाई पक्राउ गरिएको थियो।

Laxmi sunrise bank
kumari

इरानी अधिकारकर्मी अमिनीलाई महिलाका लागि तोकिएको पोशाक नियम उल्लङ्घन गरेको आरोपमा तेहरानबाट प्रहरीले पक्राउ गरेको थियो। रासस/एएफपी

प्रकाशित: Jun 22, 2024| 20:56 शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्