मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले प्रतिपक्षीको भूमिका अझ प्रभावकारी बनाउँछ: सभापति देउवा

कांग्रेसले प्रतिपक्षीको भूमिका अझ प्रभावकारी बनाउँछ: सभापति देउवा

 |  शनिबार, असार ८, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार ८, २०८१

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‍मा प्रतिपक्षीको भूमिका थप प्रभावकारी बनाउने बताएका छन्। संसद्‍मा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने उनले बताए।

National life

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसद्‍मा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए। उनले नवलपरासीमा महेशपुर मूल भन्सार भएर पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन पनि दिए।

पूर्व गृह राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो। स्व कँडेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वी निर्वाचन क्षेत्र नं ५७ बाट निर्वाचित सांसद थिए।

कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेयश त्रिपाठीले निजामती कर्मचारी सेवा ऐन तत्काल पारित गर्नुपर्ने बताए। उनले नेपाल–भारत सीमा क्षेत्रमा हुने कुनै पनि क्रियाकलाप मधेसको सहमतिमा हुनुपर्ने समेत बताए।

नवलपरासी क्षेत्र नं १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक–फरक भए पनि जिल्लाको विकासमा सबै दल एकजुट हुनुपर्ने बताए। कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलवार सन्तुले उखु र केरा खेतीको पकेट क्षेत्र भए पनि यहाँका उत्पादनले बजार पाउन नसकेको बताए।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 22, 2024| 18:31 शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्