आइतबार, जेठ १७, २०८३

राजनीतिलाई अपराधीकरणले गाँज्दा भ्रष्टाचार बढ्योः कोइराला

 |  शनिबार, असार ८, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार ८, २०८१

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले राजनीतिभित्र अपराधीकरण भइरहेको बताएका छन्।

National life

नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिलाई अपराधीकरणले गाँजेकै कारण देशमा भ्रष्टाचार बढेको र जनताले सुशासनको अनुभूति गर्न नपाएको बताए।

पछिल्ला दिनहरुमा राजनीतिज्ञ, व्यवसायी र कर्मचारीहरु एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन्, तब विद्यमान ऐन कानुनहरु गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ।’

कोइरालाले चारैतिरबाट देश संकटमा परेको बताए। ‘रेमिटेन्सले देश चलिरहेको छ। आर्थिक अवस्था राम्रो छैन। यस्तो अवस्थामा देश जतिबेला पनी कोल्याप्स गर्न सक्छ,’ कोइरालाले भने।

मानिसको सबै अङ्गले काम गर्न छोडेपछि जति उपचार गरे पनि शरीर ठीक नहुने प्रसङ्ग उल्लेख गर्दै कोइरालाले अहिले देश त्यही अवस्थामा पुगेको बताए। यो सरकार लामो समय नटिक्ने उनले चेतावनी दिए।

Shivam cement

प्रकाशित: Jun 22, 2024| 18:26 शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्