मंगलबार, असार ३, २०८२

जंगली हात्तीको दारासहित तीन जना पक्राउ

 |  शनिबार, असार ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ८, २०८१

vianetvianet

पर्सा प्रहरीले जंगली हात्तीको दारासहित तीन जनालाई पक्राउ परेको छ। पर्सा प्रहरीले पर्साको ठोरी गाउँपालिका-४ गोरखपुर टोलमा २१/२१ किलोग्राम तौल भएको दुई वटा हात्तीको दारासहित तीन जनालाई शुक्रबार पक्राउ गरेको हो। 
 
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक  भारतीले जंगली हात्तीको दारासहित पक्राउ परेका तीन जनालाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको बताए।
 
'अधियुक्तले ठोरी गाउँपालिका-४ का चन्द्र परियारको खेतमा खाल्डो खनेर २१/२१ किलोग्राम तौल भएको दुई थान दारा बिक्रीवितरणका लागि ग्राहक खोज्ने क्रममा पक्राउ परेका हुन्', उनले भने।
 
पक्राउपर्नेमा पर्साको ठोरी गाउँपालिका-४ विजयबस्ती गुम्बालाइनका कुइसँग लामा, वीरगञ्ज महानगरपालिका-१ का प्रेम शर्मा र महानगर-२१ का अमिरीलाल महतो रहेका छन्। रासस

प्रकाशित: Jun 22, 2024| 13:31 शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्