सोमबार, असार २, २०८२

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

 |  शनिबार, असार ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ८, २०८१

vianetvianet

वीरगञ्ज- पर्सा प्रहरीले भारतबाट अवैध ढंगले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ। 
 
गैरकानूनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याइ अनाधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरेको हो। 
 
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढंगले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापामर्दा सो मल बरामद भएको बताए।
 
प्रहरीले अवैध मल भित्र्याएर भण्डारण गर्ने काममा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका-९ बस्ने ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानूनी प्रक्रिया अघि बढाएको छ।
 
बरामद भएको मल पनि शुक्रबार नै भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ। भाडाका घरमा अनधिकृतरुपमा युरिया मल भण्डारण गरेका अवस्थामा प्रहरीले फेला पारेको थियो। 

प्रकाशित: Jun 22, 2024| 13:12 शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्