आइतबार, जेठ १७, २०८३

बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द

 |  शनिबार, असार ८, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार ८, २०८१
National life
Shivam cement

बागलुङ- बागलुङबजारसँग दक्षिणी भेग जोड्ने बागलुङ–कुश्मिसेरा सडक खण्ड एक साताका लागि बन्द गरिएको छ। बागलुङ नगरपालिका–१० गलुवाको पहिरो नियन्त्रणका लागि एक साताका लागि बन्द गरिएको बागलुङ नगरपालिकाले जनाएको छ। 

पहिरो नियन्त्रणका लागि उक्त सडक असार ४ देखि १० गतेसम्मका लागि बन्द गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए।  

गण्डकी प्रदेश सरकारको रु ५० लाखमा बागलुङ नगरपालिकाले पहिरो रोकथाम गरिरहेको छ। सडक बन्द भएको समयमा कालीगण्डकी करिडोरको सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न भनिएको छ।

प्रकाशित: Jun 22, 2024| 14:31 शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्