मंगलबार, पुस ८, २०८२

जंगली च्याउ खाँदा तनहुँमा वृद्धाको मृत्यु

 |  शनिबार, असार ८, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार ८, २०८१

National life
Laxmi sunrise bank
kumari

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ। आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी  भएका थिए।

प्रकाशित: Jun 22, 2024| 12:41 शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्