मंगलबार, पुस ८, २०८२

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिबाना

 |  शुक्रबार, असार ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ७, २०८१

रसुवा- चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख रुपैयाँ जरिबाना असुल गरेको छ।

National life

प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो। 

चालु आवको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा एक अर्ब ८४ करोड ७६ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएको छ। 

राजस्व संकलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा १ सय ६५ प्रतिशतले वृद्वि भएको उनले बताए। जेठ मसान्तसम्ममा कार्यालयले १९ अर्ब १७ करोड २१ लाख रुपैयाँ असुली भएको छ।

पछिल्लो समय चीनबाट आयात हुने अधिका‌श सामान रसुवागढी नाकाबाट आयात भइरहेको छ। त्यसमा पनि विद्युतीय सवारीको आयात भइरहेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 21, 2024| 21:01 शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्