सोमबार, जेठ १८, २०८३

पृथ्वीराजमार्गको थर्पु-खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

 |  शुक्रबार, असार ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ७, २०८१
National life
Shivam cement

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु-खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ। शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ।

वर्षाका कारण सडक भासिँदा बिहीबार दिउँसो चार घण्टा सडक अवरुद्ध भएको थियो। आज पनि सोही ठाउँमा एउटा बोलेरो जिप फस्दा सडक अवरुद्ध रहेकामा जिप निकालेपछि एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत शेरामा पक्की पुल निर्माण भइरहेको छ। सोही पुलको नजिकै डाइभर्सन सडक बनाइएकामा वर्षाले सडक भासिएको थियो। पश्चिम खण्डअन्तर्गत म्याग्दे, शुक्लागण्डकी लगायतका केही ठाउँमा वर्षा हुँदा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ। 

प्रकाशित: Jun 21, 2024| 15:43 शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्