सोमबार, साउन ११, २०८३

ट्रिटन कलेजमा प्रहरी-विद्यार्थी समन्वय समिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ट्रिटन इन्टरनेशनल कलेजमा प्रहरी-विद्यार्थी समन्वय समिति गठन गरिएको छ। 

बिहीबार गठन गरिएको ट्रिटन कलेज प्रहरी-विद्यार्थी समन्वय समितिको संयोजकमा कलेजका सहप्राचार्य श्रीकृष्ण विष्ट छन भने सदस्यहरुमा सदस्यहरु राजन सुवेदी र ऋतु न्यौपाने, शिक्षक संयोजकबाट नविनलाल कर्ण, कमान सिंह आरसि, खेल शिक्षक मनिष बस्नेत, आइटि शिक्षक विजय मानन्धर, विद्यार्थी साकार श्रेष्ठ, सञ्जिता थापा, अभिशेषक मल्ल र प्रशंसा राउत छन भने महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी नायव निरीक्षक सुरेन्द्र विक्रम निरौला र सामुदायीक प्रहरी सेवा कोटेश्वरका इन्चार्ज प्रसनि राजेन्द्र पुजारा सदस्य छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए या घुस मागेमा सिधैं आफ्नो मोबाइल ९८५१२०५५५५ मा फोन गरेर तत्काल जानकारी दिन सर्वसाधारणसँग आग्रह गरेका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरद्वारा संयुक्तरुपमा विहीबार सो कलेजमा आयोजित प्रहरी—विद्यार्थी साझेदारी कार्यक्रमलाई सम्वोधन गर्दै एसएसपि लामाले ७६ हजारको संख्यामा रहेको नेपाल प्रहरी संगठनमा विभिन्न ठाउँ र परिवेशबाट आएका सबै प्रहरी असल, नैतिकवान र इमान्दार छन भनेर ठोकुवा गर्न नसक्ने पनि बताए।

महानगरीय प्रहरी परिसर काठमाडौंले मात्रै त्यस्ता गलत नियत भएका ३८ जना प्रहरीलाई निलम्बन गरी कारबाही गरिसकेको पनि उनले बताए। जनतालाई न्याय दिन पहल गर्छु, सुरक्षा दिन्छु, दुख परेको बेलामा सहयोग गर्छु भनेर प्रहरी संगठनमा आबद्ध हुने केही प्रहरीले पीडितलाई न्यायको लागि सहयोग नगर्ने, उल्टै अपराधीसंग मुख जोडेर काम गर्ने गर्नाले नै प्रहरी संगठनप्रति जनताको विश्वास गुम्न थालेको उनले गुनासो गरे।

कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको र अपराधि भेटिने कुरामा दुईमत नभएको दावी गर्दै विगतमा पनि रानीबारी हत्याकाण्ड लगायतका विभिन्न ठुला अपराधमा संलग्न अपराधिलाई ढीलो भएपनि पक्रिन सफल भएको प्रष्ट पारे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।