मंगलबार, असार ३, २०८२

त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबीन समितिले थाल्यो काम

 |  शुक्रबार, असार ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ७, २०८१

vianetvianet

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समितिले कार्यारम्भ गरेको छ। समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याइ कार्यारम्भ गरेको समितिका सदस्य जानकी वल्लभ अधिकारीले जानकारी दिए। 

समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ। समितिले पहिलो चरणमा काठमाडौं उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबीन गर्नेछ।

मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।

समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्रा डा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी रहेका छन्। समितिलाई तीन महिनाको अवधि दिइएको छ।

प्रकाशित: Jun 21, 2024| 14:47 शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्