काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १९ सय रुपैयाँ बढेको छ।
आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि जेठ २५ गते सुन हालसम्मकै उच्च मूल्य १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन भने प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ।