शनिबार, असोज १२, २०८१

विषाक्त रक्सी सेवनबाट ३४ जनाको मृत्यु

 |  शुक्रबार, असार ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ७, २०८१

भारतको तमिलनाडुस्थित कल्लाकुरिचीमा विषाक्त मदिरा सेवन गर्दा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश करुणापुरमका बासिन्दा हुन् । 

triton college

एक सयभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ। सरकारले घटनामा ज्यान गुमाएकाका परिवारलाई १० लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको समाचारमा उल्लेख छ । 

विषाक्त मदिरा काण्डपछि कल्लाकुरिचीका जिल्ला अधिकारीको सरुवा भएको छ भने प्रहरी नायब उपरीक्षकसहित दश जना प्रहरी निलम्बनमा परेका छन् ।

तमिलनाडु सरकारले सेवानिवृत्त न्यायाधीश गोकुलदासको अध्यक्षतामा एक छानबिन समिति गठन गरेको छ। आयोगले तीन महिनाभित्र छानबिन प्रतिवेदन बुझाउने समाचारमा उल्लेख छ ।

प्रकाशित: Jun 21, 2024| 08:01 शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्