शनिबार, असोज १२, २०८१

तीन प्रदेशमा बिहानैदेखि वर्षा, गण्डकीमा भारी वर्षाको सम्भावना

 |  शुक्रबार, असार ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ७, २०८१

कोशी, मधेश र बाग्मती प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। 

triton college

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि आज पानी पर्ने सम्भावना छ ।  

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका  एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । 

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भेगमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भेगमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । 

यस वर्षको मनसुन बिहीबार लुम्बिनी प्रदेशसम्म फैलिएको थियो । गत जेठ २८ गते  कोशी प्रदेशबाट भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै हिजो लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Metro Mart
vianet

आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको महाशाखाले जनाएको छ । सामान्यतया जुन १३ नेपाल भित्रिने मनसुन यसपालि तीन दिनअघि जुन १० मा पूर्व क्षेत्रबाट भित्रिएको थियो ।

प्रकाशित: Jun 21, 2024| 06:35 शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्