शनिबार, असोज १२, २०८१

मुहानको विवादले संकटमा सिदिन-याङनाम खानेपानी योजना

 |  बिहीबार, असार ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

पाँचथर- मुहान क्षेत्रका बासिन्दाले संरचना निर्माण गर्न र पानी लैजान नदिएपछि पाँचथरको सिदिन-याङनाम खानेपानी योजना संकटमा परेको छ। फालेलुङ गाउँपालिका-६ र ७ को सीमामा अवस्थित प्युरेखोलामा मुहान थापेर सञ्चालन गर्न लागिएको योजनाको मुहानको विवादले समस्यामा परेको हो।

triton college

मुहान प्रयोग गर्ने विषयमा लामो समयदेखि संवाद हुँदै आए पनि स्थानीयवासी अझैसम्म मुहान प्रयोग हुन दिने पक्षमा छैनन्। यही खोलामा मुहान थापेर खानेपानी र सिँचाइका योजना सञ्चालनमा रहेको, पानीका मुहान क्रमशः सुकिरहेको अवस्थामा यहाँ मुहान दिए निकट भविष्यमै आफूहरूको जीविकोपार्जन संकटमा पर्ने स्थानीयवासीको भनाइ छ। जसकारण करिब ९१ प्रतिशत भौतिक प्रगति गरेको योजना अघि बढ्न सकेको छैन।

जिल्लाको फिदिम नगरपालिका वडा नं १० र फालेलुङ गाउँपालिका वडा नं ८ का सुक्खा प्रभावित क्षेत्रका एक हजार दुई सय ११ परिवारका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामबाट योजना निर्माण भइरहेको छ।

विसं २०७९ असार २३ गते ठेक्का सम्झौता भइ निर्माण थालिएपछि नै फालेलुङ गाउँपालिका-७ ले अनुमति र जानकारी नलिइ योजना निर्माण सुरु भएको भन्दै निर्माण कार्य रोक्न पत्राचार गरेको थियो। जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलपछि निर्माण सुरु भएको थियो।

विसं २०८० असोज १३ गते फालेलुङ वडा नं ६ को कार्यालयले समेत निर्माण कार्य रोक्न भनेपछि मुहान क्षेत्रमा काम ठप्प भएको थियो। यद्यपि उपभोक्ता समिति र निर्माण कम्पनीले वितरण क्षेत्रमा निर्माणकार्य धमाधम सम्पन्न गरेका थिए।

Metro Mart
vianet

मुहानको विवाद समाधान गर्न गत बैशाख १३ र जेठ २० गते सर्वपक्षीय बैठक बसे पनि समाधान निस्कन नसकेको फालेलुङ-८ का वडाध्यक्ष श्रीहाङ केरुङले बताए। सर्वपक्षीय बैठकले समाधान निकाल्न नसकेपछि गत जेठ २६ गतेबाट मुहान क्षेत्रमा संरचना निर्माण थालिएकामा जेठ ३१ गते स्थानीयवासीले अवरोध गरेपछि निर्माण रोकिएको वडाध्यक्ष केरुङले बताए।

चालु आवमा योजनाका लागि छुट्टिएको बजेट निकासा गराउनुपर्ने, समयमा निर्माण कार्य रोकिएपछि प्राप्त भएको बजेट फिर्ता हुने र भविष्यमा बजेट प्राप्त गर्ने सम्भवना कम भएको फिदिम नगरपालिका-१० का वडाध्यक्ष ओमराज थाम्सुहाङको भनाइ छ। 'बजेट फ्रिज भएपछि यो योजनाको भविष्य अन्योलमा पर्छ', थाम्सुहाङले भने, 'दुई वडाको खानेपानीको समस्या समाधानका लागि उक्त योजनाको मुहानभन्दा अर्को उपयुक्त विकल्प पनि छैन।'

मुहान क्षेत्रका बासिन्दाले खानेपानी नदिए आफ्नो क्षेत्रबाट सञ्चालन भएको सडक, विद्युत्, इन्टरनेटलगायत सेवासमेत अवरुद्ध पार्ने योजनाको लाभान्वित क्षेत्रका बासिन्दाले चेतावनी दिएका छन्। उपभोक्ताको भेलाले समस्या समाधान नभए यही असार ९ गतेबाट मुहान क्षेत्र फालेलुङ गाउँपालिका वडा नं ७, ६ लगायतमा प्रवाह हुने विद्युतसहित सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको उपभोक्ता समितिका सचिव भुवन जबेगूले बताए।

तर मुहान क्षेत्रका बासिन्दाले भने आफूहरूसँग समन्वय नै नगरी योजना निर्माण थालिएकाले खानेपानी दिन नसकिने बताउँदै आएका छन्। जिल्ला प्रशासन कार्यालय पाँचथरमा केही समयअघि भएको सर्वपक्षीय छलफलमा मुहान क्षेत्रका बासिन्दा प्रकाश केरुङले भने, 'त्यही मुहानबाट सिँचाइको व्यवस्था गर्नुका साथै जीविकोपार्जनको माध्यम अलैँची बनाएका छौँ। योजनाले अर्को उपयुक्त मुहान खोज्नु ठिक हुन्छ।'

पटक-पटक भएका छलफल स्थानीयवासी मुहान दिन तयार देखिएका छैनन्। यता उपभोक्ताले भने सुक्खायाममा मुहानमा हुने पानीको एकतिहाइ पानी दिन आग्रह गरिरहेका छन्। वर्षायाममा भने पानी प्रशस्तै हुने हुनाले मुहान क्षेत्रमा कुनै प्रभाव नपर्ने उपभोक्ताको तर्क छ।

यस योजनामा अहिलेसम्म ९१ प्रतिशत भौतिक प्रगति र ८३ प्रतिशत वित्तीय प्रगति भएको छ। विसं २०७९ असार २३ मा अञ्जना-पराजुली-पाथीभरा जेभीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी १३ करोड ६० लाख ९१ हजार छ सय ८६ रूपैयाँ लागतमा योजनाको ठेक्का लिएको थियो। मुहानको विवाद र निर्माणकार्यमा अवरोध हुँदा आयोजनाको भविष्य नै संकटमा पर्ने निर्माण कम्पनीका प्रतिनिधि लोकेन्द्र राजभण्डारीले बताए।

योजनाले एक हजार दुई सय ११ घरका पाँच हजार आठ सय तीन जनसङ्ख्या लाभाविन्वत हुनेछन्। योजनामा ७२ दशमलव २३ किलोमिटर पाइपलाइन, ११ वटा मुख्य पानी भण्डारण ट्यांकी, २३ वटा बिपीटी, ४५ वटा भल्भ च्याम्बर, ८० वटा ब्लक तथा पाइप सपोर्ट पोस्ट, फिल्टर ट्यांकीलगायत संरचना छन्। योजनाको निर्माण कार्य गरेबापत हालसम्म ११ करोड ३६ लाख १४ हजार आठ सय ५३ रूपैयाँ रकम आफूलाई भुक्तानीसमेत भइसकेको निर्माण कम्पनीले जनाएको छ। 

योजनाको सबै पानी भण्डारण ट्यांकी, उपभोक्ता समितिको भवन, पानी प्रशोधनशाला निर्माण भइसकेको छ। पाइपलाइन तथा वितरण लाइनको अधिकांश निर्माणकार्य सकिएको छ भने एक हजार दुई सय ११ घरमध्ये एक हजार ३२ घरमा धारा जडान सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ। रासस

प्रकाशित: Jun 20, 2024| 20:31 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्