मंगलबार, पुस ८, २०८२

अवरुद्ध बेँसीसहर-चामे सडक सञ्चालनमा

 |  बिहीबार, असार ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

लमजुङ- पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर-चामे सडक पूर्ण सञ्चालनमा आएको छ। अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा गएको पहिरोे हटाएसँगै सवारी सञ्चालनमा आएको हो।

National life

डुम्रे-बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्साभेक्टर’को सहायताले ठूला-ठूला ढुंगासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको बताए।

यहाँ पहिरो रोकथामका लागि संघीय सरकारको १६ करोड ४८ लाख रूपैयाँ लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उनले बताए।

६५ किलोमिटर रहेको यस सडकमा  साना-ठूला सवारीसाधन सञ्चान हुँदै आएको छ। मनाङवासी यस सडकखण्ड हुँदै बेँसीसहर, काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने र सो स्थानबाट आउने गर्दछन्।

प्रकाशित: Jun 20, 2024| 13:41 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्