मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गृहमन्त्री लामिछानेले भने- जीबी राईको लोकेसन पत्ता लागिसक्यो

गृहमन्त्री लामिछानेले भने- जीबी राईको लोकेसन पत्ता लागिसक्यो

 |  बिहीबार, असार ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको पत्ता लागेको बताएका छन्। आफूले मलेसियाका गृहमन्त्रीसँग कुरा जीबी राईका बारे कुराकानी गरिसकेको पनि गृहमन्त्री लामिछानेले बताएका छन्।

National life

भरतपुर विमानस्थलमा बिहीबार बिहान पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसन पत्ता लागेको जानकारी दिएका हुन्। उनले भने, 'यस विषयमा अनुसन्धान धेरै नजिकमा आइपुगेको छ। योबीचमा मलेसियाका गृहमन्त्रीसँग मेरो २ पटक कुराकानी भएको छ । ३/४ दिन अगाडि पनि मेरो उहाँसँग कुराकानी भएको छ । हाम्रो सुपुर्दगी सन्धि नभएका कारणले अलिकति कूटनीतिक पहलहरूमा समय लागेको छ । तर नजिक छौं । हाम्रो कोसिस दिनरात हामी गरी नै रहेका छौं । मलाई गृहमन्त्रीले नै कन्फर्म गर्नु भएको छ लोकेसन ।'

पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भए लगत्तैदेखि जीबी राई फरार छन्। फरार राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन्।

सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा राईसहित १९ जनाविरुद्ध २०८० असोज १८ मा दायर सहकारी ठगीसम्बन्धी मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ। मुद्दाका प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परी हाल पुर्पक्षका लागि कारागारमा छन्। राईसहित १४ जना अझै फरार छन्।

राईविरुद्ध सूर्यदर्शनसहित चितवनको साहारा, पर्साको वीरगन्जमा रहेको सानो पाइला, रूपन्देहीको बुटवलस्थित सुप्रिम, बाँकेको नेपालगन्जस्थित समानता र काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीबाट हजारौं सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 20, 2024| 12:28 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्