धनगढी- श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई जिल्ला अदालत कञ्चनपुरले डेढ वर्ष कैद र १० लाख रुपैया क्षतिपुर्ति दिलाउने फैसला गरेको छ।
भीमदत्त नगरपालिका-२ की मञ्जु जोशीले श्रीमान डम्बरराज जोशीविरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दामा फैसला गर्दै अदालतले यस्तो सजाय सुनाएको हो।
न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले श्रीमानलाई डेढ वर्ष थुना र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार हरीकृष्ण अवस्थीले जानकारी दिए। यसअघि श्रीमान डम्बरले इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै उजुरी परेपछि अदालतले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
नयाँ मुलुकी देवानी संहिता लागु भएपछि श्रीमानले करणी गरेको भनि श्रीमतीले गरेको उजुरीमा श्रीमानलाई सजाय भएको संम्भवत देशभरमै पहिलो हुन सक्ने अवस्थीले दावि गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४