बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सिद्धार्थ बैंकले ल्यायो 'सिद्धार्थ रिवार्डस' योजना

 |  बिहीबार, असार ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक 'सिद्धार्थ रिवार्डस' योजना सञ्चालनमा ल्याएको छ । डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त योजना ल्याइएको बैंकले जनाएको छ ।

triton college

बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, सञ्चारकर्मीका साथै बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा उक्त योजनालाई सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत ग्राहकले सिद्धार्थ बैंकको कार्डमार्रफत गरेको खरिद (POS तथा E-commerce) र मोबाइल बैंकिङ्गबाट गरेको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्नेछन् ।

यसरी आर्जन गरेको पोइन्टसलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

सिद्धार्थ रिवार्डस सार्वजनिक गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले यस योजनाले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको शुरूवात गरेको जानकारी दिए ।

Metro Mart
vianet

साथै यसले ग्राहकहरूको बैंकिङ्ग अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुग्ने उनको विश्वास थियो ।​ यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्राहकहरूको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको बताए । साथै नवीनतम सेवा प्रदान गर्नेमा बैंक सदैव केन्द्रित रहेको उनले बताए ।

प्रकाशित: Jun 20, 2024| 12:20 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्