सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिए सत्याग्रह गर्ने डा. केसीको चेतावनी

बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिए सत्याग्रह गर्ने डा. केसीको चेतावनी

 |  बिहीबार, असार ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

काठमाडौं- झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिए डा. गोविन्द केसीले सत्याग्रह सुरू गर्ने चेतावनी दिएका छन्।

National life

बिहीबार विज्ञप्ति जारी गरे सर्वोच्च अदालतले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले जारी गरेको परमादेशविरूद्ध पुनरावलोकनमा जानुपर्ने उनले माग गरेका छन्।

‘पुनरावलोकन प्रक्रिया तुरून्त सुरू गर्न पुन: जोडदार माग गर्दै सम्बन्धनको प्रक्रिया अगाडि नबढाउन आयोगलाई चेतावनी दिन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा पहिले निर्धारित मिति (आसार १४ गते) अगावै सत्याग्रह सुरू गर्न बाध्य हुनेछौं।’

त्यस्तै चिकित्सा शिक्षा ऐनको ठाडो उल्लंघन गर्दै सर्वोच्चले अपव्याख्या गरेको उनको आरोप छ। उनले भनेका छन्, ‘सो न्याय विचलनयुक्त फैसलाको घोर भत्सर्ना गर्दै सम्बन्धित निकायहरूलाई न्यायिक पुनरावलोकन प्रक्रिया तुरून्त सुरू गर्न र सम्बन्धित न्यायाधीशलाई महाभियोग लगाई पदमुक्त गर्न र न्याय परिषदबाट आवश्यक कारबाही अगाडि बढाउन जोडदार माग राखेको तथ्य सबैलाई अवगत नै छ।’

सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार चुडाल र सारंगा सुवेदीको इजलासले चैत १२ गते गरेको फैसलाअनुसार १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको थियो। चिकित्सा शिक्षा आयोगले २०७६ साल चैत १२ गते उक्त कलेजलाई सम्बन्धन नदिने गरी गरेको निर्णय बदर गर्दै सम्बन्धनका लागि १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न भनेको छ।

Shivam cement

‘मापदण्ड अनुसारको जनशक्ति (फ्याकल्टी) को व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरू पूरा गर्न लगाई १५ (पन्ध्र) दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरू हुनुअगावै एम.बि.बि.एस. विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू/ दिलाउनू भनी प्रत्यर्थीहरू काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रे, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुर लगायतका प्रत्यर्थीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ,’ फैसलामा उल्लेख छ।

प्रकाशित: Jun 20, 2024| 12:18 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्