मंगलबार, पुस ८, २०८२

रोकेर राखेको लरीमा बस ठोक्किँदा तीन जनाको मृत्यु

 |  बिहीबार, असार ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। 

National life

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११ रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमुना अस्पताल पुर्याएइकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो।

बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 20, 2024| 09:17 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्