सोमबार, चैत ३०, २०८२

‘राठीकोल’को ब्रान्ड एम्बासडरमा राजेश हमाल अनुबन्ध

 |  बुधबार, असार ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार ५, २०८१

काठमाडौं- राठी ग्रुपको प्रमुख उत्पादन ‘राठीकोल’ को ब्रान्ड एम्बासडरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन्।

National life

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र अभिनेता हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे । हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनमार्फत यसको प्रचार गर्नेछन्।

हमाललाई एम्बासडर नियुक्त गरेपश्चात राठी ग्रुपका अध्यक्ष अरुण कुमारले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए। उनले हमाललाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली चलचित्र र समाजका लागि महानायकको प्रतिबद्धता र ‘राठीकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे ।

अभिनेता हमालले ‘राठीकोल’ लाई ‘नेसनल प्राइड’ का रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए । उनले कैयन् विदेशी ब्रान्डलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको जनाउँदै यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बासडर बन्न राजी भएको बताए । ‘निकै वर्ष पहिले राठीकोलको चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ,’ हमालले भने।

राठीकोलका सीईओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए ।

kumari

यसको मुख्य नारा ‘टाँस्छ मज्जाले टाँस्छ’ रहेको छ । राठीकोल उत्पादनहरू प्रिमियम उड एढेसिभ, इकोनोमिकल उड एढेसिभ, साइनोएक्रिलेट (सुपरग्लु), क्राफ्ट एढेसिभ (विषादीरहित), पारदर्शी एढेसिभ, इन्ड्रस्ट्रियल एढेसिभ, सिलिकन एसेटोक्सी क्यान र पाउच (न्युट्रल) तथा मास्किङ टेप, डक्ट टेप, ईभीए फोम टेप, कार्टुन टेप, डबल साइड टेप आदि हुन् ।

प्रकाशित: Jun 19, 2024| 16:57 बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्