मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • व्यवसायीलाई सांसद सिंहको सुझाव- कवाड लगेर बालेनको घर र महानगरमा फाल्दिनुस्

व्यवसायीलाई सांसद सिंहको सुझाव- कवाड लगेर बालेनको घर र महानगरमा फाल्दिनुस्

 |  बुधबार, असार ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार ५, २०८१

काठमाडौं- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई हिटलर बन्न खोजेको टिप्पणी गरेका छन्।

National life

सांसद सिंहले मेयर बालेनले ‘काठमाडौंलाई रणमैदान बनाउन खोजेको’ पनि दाबी गरे। मेयर बालेनले सिकाएजस्तै कवाड लगेर काठमाडौं महानगर र बालेनकै घरमा लगेर फालिदिन  कवाड व्यवसायीलाई उनले सुझाव दिए। ‘बालेनजीले सिकाएको छ, काम भएन भने फोहोर थुपार्ने ! सडक विभाग अगाडि थुपार्नुभएछ,’ उनले भने, ‘सबै कवाड महानगर र बालेन शाहको घर अगाडि थुपारौं। त्यसको लागि हामी साथ दिन्छौँ। किनभने टिट फर ट्याट, उहाँले नै सिकाउनुभएको हो।’

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले मेयर बालेनले पपुलिजमको आडमा न्यायलाई नै निषेध गर्न खोजेको आरोप लगाए। काठमाडौंमा आन्दोलनरत कवाडी व्यवसायीमाथि दमन भएको भन्दै सांसद सिंहले बालेनविरुद्ध अभिव्यक्ति दिएका हुन्। उनले भने, ‘मधेसका कवाडी व्यवसायीहरू आन्दोलनरत छन्। जबकि कानुनी रूपले पनि सही छन्। यही पाटन अदालतबाट दुईवटा अन्तरिम आदेश, निषेधाज्ञा जारी छन् कि उनीहरूको कवाडीलाई नहटाऊ। शान्तिपूर्ण आन्दोलन गर्दा खेरी एकाएक लाठीचार्ज भो।’

उक्त घटना रंगभेद र जातिभेदको उदाहरण रहेको सांसद सिंहले दाबी गरे। उनले भने, ‘यही बानेश्वरमा एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहरा त्यहाँ केही हुँदैन, चाहे १० सै जना भएपनि । तर मधेसको मान्छे देख्नै नहुने काठमाडौंमा यो कस्तो रणनीति हो सरकारको ?’

प्रहरीको लाठीबाट दर्जनौं कवाड व्यवसायी घाइते भएको पनि सांसद सिंहले दाबी गरे। ‘मैले फोटो पनि सभामुखज्यूलाई देखाएँ। कति रक्ताम्मे छ, सैकडौं जोडी चप्पल एभरेस्ट होटेलका अगाडि छुटेर राखेको छ। ती घाइतेको उपचार ट्रमा सेन्टरमा भइरहेको छ। उनीहरूको उपचार निःशुल्क गर्नुपर्छ,' उनले भने।

Laxmi sunrise bank
kumari

कवाड व्यवसायीमाथि प्रहरी दमनको घटनामा सभामुखबाट रुलिङको माग गर्दै सांसद सिंहले गृहमन्त्रीको जवाफ मागेका छन्।

प्रकाशित: Jun 19, 2024| 13:25 बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्