बिहीबार, असार १३, २०८१

himalayan bankhimalayan bank

अछाममा छाउगोठ बसेकी किशोरीमाथि बलात्कार

 |  बुधबार, असार ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार ५, २०८१

triton college
Metro Mart

अछामको पञ्चदेवल विनायक नगरपालिका-२ मा एक किशोरीमाथि बलात्कार भएको छ। बलात्कार आरोपित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार छाउगोठमा बसेकी किशोरीलाई १८ वर्षीय किशोरले बलात्कार गरेका हुन्। मंगलबार राति करिब २ बजेतिर पिसाब गर्न बाहिर निस्केको बेला स्थानीय किशोरले आफूलाई बलात्कार गरेको र त्यसपछि आफू बेहोस भएको १६ वर्षीया ती किशोरीले प्रहरीलाई बयान दिएकी छन्।

छाउगोठमा किशोरी बेहोस अवस्थामा भेटेपछि तत्काल उद्धार गरेर अस्पताल लगिएको र चिकित्सकले किशोरीको बलात्कार भएको बताएपछि सोधपुछका क्रममा किशोरीले घटनाबारे बताएी थिइन्। किशोर प्रहरी नियन्त्रणमा छन् र थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Jun 19, 2024| 10:22 बुधबार, असार ५, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्