मंगलबार, पुस ८, २०८२

बानेश्वरको संसद् भवनभित्रै प्रहरी जवानले गरे आत्महत्या

 |  बुधबार, असार ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार ५, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौँ- नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्। उनले संसद् भवन परिसरको शौचालयभित्र आत्महत्या गरेका हुन्। 

२२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानेका संसद् सचिवालयले जनाएको छ। उनी नेपाल प्रहरीको हेडक्वार्टरबाट खटाइएको स्पेशल टास्क फोर्समा कार्यरत थिए।

बिहान ड्युटी गरिरहेका गोलेले ड्युटीकै क्रममा आत्महत्या गरेका बताइएको छ। उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेका थिए।

प्रकाशित: Jun 19, 2024| 10:11 बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्