शनिबार, भदौ ६, २०८३

पहिरोले ट्रक पुरियो, खुर्कोट-घुर्मी सडक अवरुद्ध

 |  बुधबार, असार ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार ५, २०८१

मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा मंगलबार राति पहिरो खस्दा ट्रक पुरिएको छ।

एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो।

ट्रक चालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल छन्। लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको छ।

यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।

यान्त्रिक कार्यालय मूलकोट र गोलन्जोर गाउँपालिकाको सहयोगमा एक्स्काभेटर मगाएर बुधबार बिहानदेखि नै पहिरो पन्छाउने काम भइरहेको छ।

प्रकाशित: Jun 19, 2024| 09:17 बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्