मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस सांसद खतिवडाले रोष्ट्रममा गोजीबाट ५ रुपैयाँ निकालेपछि...

कांग्रेस सांसद खतिवडाले रोष्ट्रममा गोजीबाट ५ रुपैयाँ निकालेपछि...

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा र त्यहाँका २ वटा निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको भन्दै आपत्ति जनाएका छन्।

National life

मंगलबार आगामी आर्थिक वर्षको विनियोजन विधेयक शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयमार्फत ८ अर्ब धनुषा गएको भन्दै बाँकी रहेको बजेट पनि उतै लैजान भन्दै व्यंग्य गरे।

उनले ओखलढुंगाको महत्वपूर्ण सडकका लागि बजेट माग गर्न खोज्दा मन्त्री महासेठलाई भेट्नसमेत नपाएको गुनासो गरे। भौतिक मन्त्रालयको बजेट १५ दिन ढिलो आएको र त्यसमा जनकपुरलाई ध्यान दिएको भन्दै खतिवडाले मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र धनुषा ४ र धनुषा ३ मा बजेट खन्याएको उल्लेख गरे। धनुषा ३ महासेठकी पत्नी जुलीकुमारी महतो निर्वाचित भएको निर्वाचन क्षेत्र हो।

सांसद खतिवडाले गोजीबाट ५ रुपैयाँको नोट निकाल्दै भने, ‘यतिले पनि पुग्दैन भने १६५ निर्वाचन क्षेत्रमध्ये बाँकी रहेका सबै क्षेत्रको बजेट पनि त्यही २ वटा क्षेत्रमा दिउँ। खर्च कटौती होइन म पाँच रुपैयाँ थप्न चाहन्छु।’ खतिवडाले रोष्टममा ५ रुपैयाँ छोड्दै आफ्नो भनाइ टुंग्याएका थिए।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमाथि अहिले संसद्‍मा मन्त्रालयगत छलफल भइरहेको छ। छलफलपछि असार ७ गते बजेट पारित गर्ने तालिका छ। प्रतिपक्षीमात्र होइन, सत्ता पक्षकै सांसदहरुले पनि बजेटको आलोचना गरिरहेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 18, 2024| 19:58 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्