मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कैलाली भन्सारले ११ महिनामा उठायो ७ अर्ब ३२ करोड राजस्व

कैलाली भन्सारले ११ महिनामा उठायो ७ अर्ब ३२ करोड राजस्व

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

अत्तरिया- कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा सात अर्ब ३२ करोड १४ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो।

National life

कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ९५ करोड ५२ लाख, अन्तःशुल्कतर्फ १८ करोड ९५ लाख र अन्यतर्फ एक अर्ब ४० करोड आठ लाख रूपैयाँ राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए।

चालु आवमा भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख रूपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६३ दशमलव २१ प्रतिशत रहेको उनले जानकारी दिए।

सूचना अधिकारी खड्काका अनुसार चालु आवको साउनमा ४६ करोड ८२ लाख रूपैयाँ, भदौमा ५१ करोड ९३ लाख रूपैयाँ, असोजमा ६३ करोड १४ लाख रूपैयाँ, कात्तिकमा ६१ करोड ४६ लाख रूपैयाँ, मङ्सिरमा ७३ करोड ३४ लाख रूपैयाँ र पुसमा ६८ करोड ९० लाख रूपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै, माघमा ६६ करोड ६७ लाख, फागुनमा ६९ करोड एक लाख, चैतमा ७२ करोड १३ लाख, बैशाखमा ७५ करोड १७ लाख र जेठमा ८३ करोड ५३ लाख रूपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए।

Laxmi sunrise bank
kumari

'आयातमा वृद्धि हुन सकेको छैन, निर्यात नगन्य मात्रामा हुन्छ, पुँजीगत खर्च कम छ', सूचना अधिकारी खड्काले भने, 'बढी राजस्व संकलन हुने वस्तुको आयातमा कमी छ, जसले गर्दा राजस्व संकलन लक्ष्यमा पुग्न सकिरहेको छैन, अब एक महिनामात्रै बाँकी छ, राजस्व संकलन लक्ष्यमा पुग्ने सम्भावना न्यून छ।'

भन्सार कार्यालयको गत आव २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख रूपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख रूपैयाँ राजस्व संकलन भएको थियो। त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Jun 18, 2024| 21:01 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्