मंगलबार, पुस ८, २०८२

मुगुको गमगढीमा प्रभु बैंकको ३०६औं शाखा

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

काठमाडौं- प्रभु बैंक लिमिटेडले  मंगलबारदेखि मुगुको छायानाथ रारा नगरपालिका २ मा रहेको गमगढीमा ३०६औँ शाखा खोलेको छ।

National life

योसँगै कार्यालयको सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ। गमगढी शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ/संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई बैंकिङ सेवा दिइरहेको छ।

 

प्रकाशित: Jun 18, 2024| 15:17 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्