काठमाडौं- निओ मनि ट्रान्सफर र रोमानियाको ट्रान्सफर रेपिडबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि रोमानियामा रहेका नेपालीले सुरक्षित र सहज रूपमा पैसा पठाउन सक्नेछन् । हाल रोमानियामा २२ हजारभन्दा बढी नेपाली रहेको बताइएको छ ।
रोमानियामा रहेका नेपालीले अब रेपिडका शाखा, वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रूपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वालेट भुक्तानी कारोबार निओको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुने बताइएको छ ।
निओका प्रमुख कार्यकारी अधिकृत सागर खनालले यो सम्झौता सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरमा विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउन सघाउने निओको अभियानको निरन्तरता भएको बताए ।