बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

शिवम् सिमेन्टको ‘शिवम् कीर्ति समारोह २०८१’ सम्पन्न

 |  मंगलबार, असार ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

काठमाडौं- शिवम् सिमेन्ट्सले ‘शिवम् कीर्ति समारोह २०८१’ भव्यरुपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि ‘उडान –समृद्धि र सहयात्राको’ शीर्षकमा समारोह आयोजना गरिएको हो ।

triton college

उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरू मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरूलाई विभिन्न विधामा अवार्डहरूबाट सम्मान गरेको थियो । रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरियो भने नेशनल अन्तर्गत त्रिनेत्र, सदाबहार, कल्पवृक्ष्य अवार्ड दिइएको थियो ।

साथै उत्कृष्ट मध्येका सर्वोत्कृष्ट चार डिलरहरूलाई शिवम् डायमन्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।

समारोहलाई सम्बोधन गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरूले देखाएको धैर्यता र एक्यवद्धतालाई आधार मानेर सो शीर्षक राखिएको बताए ।

जसमा शिवम्नेशनल डायमन्ड अवार्ड ललितपुर स्थित सुपर स्टार ट्रेडिब हाउस परिवार, शिवम्नेशनल गोल्ड अवार्ड सुशील हार्डवेयर गोलबजारका प्रोप्राइटर सुनिल कुमार सिंह र शिवम नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राइजेज गठौनाका ईश्वर प्रसाद गुप्ताले जिते ।

Metro Mart
vianet

त्यस्तै शिवम् सिमेन्टका सर्वोत्कृष्ट विक्रेता अन्तर्गत शिवम चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जिते । समारोहमा नेपालको चर्चित कलाकारहरूका साथै भारतका ख्यातिप्राप्त कलाकारहरू कृष्ण अभिषेक र सुदेश लेहरीले बेजोड मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

देशभरका वितरक तथा विक्रेताहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा मन्तव्य राख्दै शिवम् सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम्सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिबद्धता जनाए ।

उपस्थित डिलरहरूले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरूबाट व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्यमी, व्यापारीहरूलाई थप ऊर्जा र हौसला प्रदान गर्ने धारणा राखे ।

 

प्रकाशित: Jun 18, 2024| 15:16 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्