शुक्रबार, असोज ३, २०८२

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटल आइकावामा छुट

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

काठमाडौं- ग्लोबल आइएमई बैंक र होटेल आइकावा इनबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई होटल आइकावाले प्रवाह गर्ने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

Kumaribank

सम्झैतापत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रूपेन्द्र वाग्ले र होटल आइकावा इन प्रालिका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।

 

प्रकाशित: Jun 18, 2024| 15:15 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्