बुधबार, पुस १६, २०८२

दाजुले छोडेको निर्वाचन क्षेत्रमा बहिनी लड्दै

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले चुनाव जितेका दुई लोकसभा सिटमध्ये केरलको वायनाड छाड्ने निर्णय गरेका छन्।

National life

उक्त क्षेत्रबाट राहुलकी बहिनी तथा कांग्रेस नेतृ प्रियंका गान्धीले चुनाव लड्ने कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

हालै सम्पन्न पछिल्लो लोकसभा निर्वाचनमा राहुल केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट निर्वाचित भएका थिए।

कांग्रेस नेतृ प्रियंका गान्धीले वायनाडको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा आफू हर्षित भएको बताएकी छन्।

'वायनाडका जनतालाई म राहुलको कमी महसुस हुन दिने छैन,' प्रियंकालाई उद्धृत गर्दै बीबीसीले भनेको छ, 'वायनाडको प्रतिनिधित्व गर्न पाउँदा म एकदमै खुसी हुनेछु। राहुलले आफू बारम्बार वायनाड आइरहने बाचा गरेका छन्। म पनि यहाँका जनतालाई खुसी राख्न निकै मेहनत गर्नेछु।'

Laxmi sunrise bank

प्रकाशित: Jun 18, 2024| 13:01 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्