सोमबार, जेठ १८, २०८३

राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१
National life
Shivam cement

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्। मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन्।

‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो। रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु। तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ। तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ नहुर्‍याएर यहाँ (पोडियम)मा राख्छु मैले’, उनले भने, 'यो मेरो मनको मात्र कुरा होइन, संसद् बैठकमा बसेका जुनसुकै पार्टीका ४ वटा निर्वाचन क्षेत्रबाहेकका सबै प्रतिनिधिसभाका सदस्यहरूको मनको कुरा हो।’ 

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमाथि अहिले संसद्‍मा मन्त्रालयगत छलफल भइरहेको छ। छलफलपछि असार ७ गते बजेट पारित गर्ने तालिका छ। प्रतिपक्षीमात्र होइन, सत्ता पक्षकै सांसदहरुले पनि बजेटको आलोचना गरिरहेका छन्।

प्रकाशित: Jun 18, 2024| 12:47 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्