मंगलबार, पुस ८, २०८२

उत्तर कोरिया जाँदै पुटिन, यस्तो प्यालेसमा हुनेछ बसाइ

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्। पुटिनले करिब २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन्। यसअघि सन् २००० मा पुटिन प्योङयाङ पुगेका थिए। 

National life

दक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले उत्तर कोरियाले पुटिनको स्वागतका लागि भव्य तयारी गरेको जनाएको छ। स्याटेलाइटबाट लिइएको तस्बिरका आधारमा पुटिनको स्वागतका लागि प्योङयाङमा तयारी चलिरहेको दाबी दक्षिण कोरियाली अधिकारीहरूले गरेका छन्। 

पुटिन मंगलबार उत्तर कोरिया जाने पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। यसअघि गत सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोङ रुस भ्रमणमा गएका थिए। 

पुटिनको भ्रमणबारे क्रेमलिनले भने औपचारिक रूपमा जानकारी गराएको छैन। तर रुसी सञ्चारमाध्यमले भने पुटिन भियतनाम र उत्तर कोरियाको भ्रमणमा निस्कने सम्भावना रहेको भन्दै समाचार लेखेका छन्। रुसी सञ्चारमाध्यमहरूले पुटिन 'मैत्रीपूर्ण राजकीय भ्रमण'मा उत्तर कोरिया जाने बताएका छन्। प्योङयाङ भ्रमणको पूर्वसन्ध्यामा रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग मिलेर विभिन्न देशहरूले लगाएको नाकाबन्दी प्रतिरोध गर्ने बताएका छन्।

पुटिनको स्वागतका लागि उत्तर कोरियाली नेता किम जोङ उन सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमै पुग्ने योन्हाप न्युज एजेन्सीको दाबी छ। पुटिनलाई प्योङयाङस्थित कुमसुसान गेस्ट प्यालेसमा राख्ने तयारी छ। त्यहाँ सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समेत राखिएको थियो। वरिपरि ताल र जंगलले घेरेर उक्त दरबार विदेशी विशिष्ट पाहुनाहरूलाई राख्नका लागि बनाइएको बताइएको छ। 

Laxmi sunrise bank
kumari

यो दरबार बन्नुअघि भने उत्तर कोरियाले विदेशी पाहुनालाई बाएख्वावोन गेस्ट प्यालेसमा राख्ने गर्थ्यो। उक्त प्यालेसमा दक्षिण कोरियाका तत्कालीन राष्ट्रपतिहरू किम दाइ जुङ, रोह मु ह्युन्, मून र जापानका पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीलाई समेत राखिएको थियो। अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि सोही दरबारमा बसेका थिए।

प्रकाशित: Jun 18, 2024| 11:11 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्